अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराबाट जोमसोमको लागि उडेको जहाज हराएको भन्ने अफवाह मात्र

पोखराबाट जोमसोमको लागि उडेको जहाज हराएको भन्ने अफवाह मात्र


काठमाडौँ-पाेखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत सावित भएकाे छ।

आज दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको हो।

तारा एयरले पनि गत जुन महिनाबाटै पोखरा देखि जोमसोमको तारा एयरको कुनै पनि उडान नभएको प्रस्ट पारेको छ।

तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन्। दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ। दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा छ। 

यता काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ। तर, कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा परेको छ।