अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीकाे सचिवालयले भन्याे: मन्त्रीहरूलाई छलफल लागि बालकोट बोलाइएको छैन

अध्यक्ष ओलीकाे सचिवालयले भन्याे: मन्त्रीहरूलाई छलफल लागि बालकोट बोलाइएको छैन


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको प्रष्ट पारेको छ।

अध्यक्ष ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट बोलाएको खबर बाहिरिएपछि अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी गराएको हो । 

आज साँझ ६ बजे बालकोट आउन एमाले अध्यक्ष ओलीको सन्देश मन्त्रीहरुलाई प्राप्त समाचार आएको थियाे।

अध्यक्ष ओलीको सचिवालयले भनेकाे छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’