अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीको प्रस्ताव: दुई तिहाइको प्रधानमन्त्री बन्दै छु, तपाईं पनि राजीनामा दिएर आउनुहोस्

प्रचण्डलाई अध्यक्ष ओलीको प्रस्ताव: दुई तिहाइको प्रधानमन्त्री बन्दै छु, तपाईं पनि राजीनामा दिएर आउनुहोस्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ।

सोमबार मध्यराति नेपाली कांग्रेससँगको सत्ता समीकरणबारे मंगलबार बिहान बालुवाटारमा पुगेर जानकारी गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘म दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै छु,’ ओलीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै एक स्रोतले भन्यो, ‘अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुनेछ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ।

सोमबार कांग्रेससँग सहकार्यको समझदारी बनाएका अध्यक्ष ओली मंगलबार बिहानै ओलीलाई भेट्न बालुवाटार पुग्नभएको थियो। बालुवाटारमा उहाँले पछिल्लो समझदारी र अब बन्ने सरकारको बारेमा प्रचण्डलाई जानकारी गराउनु भएको थियो।