अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकलाई छुट दिन योजना सार्वजनिक

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकलाई छुट दिन योजना सार्वजनिक


काठमाडौं-एनआइसी एशिया बैंकको कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ। बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको जनाएको हो। 

बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत तालिकामा उल्लेख भए अनुसार छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ।

यो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेको ग्राहकलाई वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने बैंकले जनाएको छ।