अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा चार घण्टादेखि एमाले सचिवालय बैठक जारी

च्यासलमा चार घण्टादेखि एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेपाली कांग्रेससँग सत्ता सहकार्यको समझदारी गरेलगत्तै मंगलबार दिउँसो बसेको नेकपा एमालेको सचिवालय बैठक चार घण्टादेखि जारी छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चार घण्टादेखि सचिवालयका नेताहरु बैठक बसिरहेको छ।

दिउँसो ३ बजे सुरु भएको बैठक ७ बज्न लाग्दा पनि बैठक सकिएको छैन। 

बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

आजको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउनेबारे निर्णय हुने बताइएको छ।

नेपाली कांग्रेससँग नयाँ सत्ता सहकार्यको समझदारी गरेको एमालेले अबको परिस्थितिबारे निर्णय गर्नका लागि सचिवालय बैठक बोलाएको हो।त्यस्तै, बैठकमा कांग्रेससँगको सत्ता सहयात्रामा पठाइने मन्त्री र पछिल्लो राजनीतिक घटनाक्रमबारे घनिभूत छलफल भइरहेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो।