अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने

प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने


काठमाडौं-नेकपा (एमाले)ले आज सरकारबाट आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ। साँझसम्म त्यो निर्णय हुन्छ।

हिजो बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न आग्रह गरेको थियो। नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो ।तर प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको सामना गर्ने अडान लिएपछि एमाले आज सरकारबाट बाहिरिन लागेको हो।

एमालेले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने तयारी गरेको हो ।