अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काँग्रेसको गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

एमाले काँग्रेसको गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय


काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले कांग्रेस एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबाट ब्रिफिङ गर्नु भएको थियो।
गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने अहिले कुनै निर्णय नगरेको शुक्लाको भनाइ छ ।

नयाँ गठबन्धनले संविधान संशोधनसहितको मुद्दा अघि सारेकोमा आफ्नो समर्थन रहेको शुक्लाको भनाइ छ ।

नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने उहाँले बताउनुभयो।