अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजिनामा पत्र बोकेर बालकोटबाट एमाले मन्त्रीहरु बालुवाटारतर्फ

राजिनामा पत्र बोकेर बालकोटबाट एमाले मन्त्रीहरु बालुवाटारतर्फ


भक्तपुर- एमालेका ८ जना मन्त्री बालकोटबाट बालुवटारतिर लागेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बमोजिम सामुहिक राजिनमा बुझाउन उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका हुन् ।

एमाले मन्त्रीहरुको राजिनामा पत्रमा राष्ट्रिय सहमतीको सरकार गठन गर्ने उद्धेश्यले राजिनामा गरिएको उल्लेख छ । मन्त्रीहरुको राजिनामाको समय ७.३० बजे उल्लेख गरिएको छ ।

करिब एक घण्टा अघि बालकोट पुगेका उनीहरुले अध्यक्ष ओलीलाई आफूहरुलाई मन्त्री बनाएर देश र जनताको सेवा गर्ने अवसर दिएकोमा धन्यवाद दिएका थिए । उपप्रधान भौतिक तथा यातायात मन्त्री रघुबीर महासेठको नेतृत्वमा एमालेको मन्त्रीको टोली बालुवाटारतर्फ लागेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहका अनुसार अध्यक्ष ओलीले विकसित राजनीतिक घटनाक्रमका कारण एमालेका सबै मन्त्रीहरुले राजिनामा गर्नुपर्ने अवस्था आएकोले त्यसै अनुसार गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ ।