अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मन्त्रीहरूले बुझाए राजीनामा

एमालेका मन्त्रीहरूले बुझाए राजीनामा


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता लिदै एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्र बुझाएका छन्।

एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन्।

प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेबाट सहभागी मन्त्रीहरुले राजीनामा दिन लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।