अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा


काठमाडौं- नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका हुन्।

सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए। संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन्। समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। 

यो सँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा १०० बमोजिम संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ। संविधानले सरकारमा दल विभाजित भएमा वा आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ। उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ। त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो।

एमालेबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती सरकारमा सहभागी हुनुभएको थियो।