काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले अहिले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्दै एक पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु भएको हो । अध्यक्ष ओलीले लेखेको पत्रमा राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतीको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्धेश्यले समर्थन फिर्ता लिएको उल्लेख छ ।
सरकारलाई दिएको समर्थन फिर्ताको पत्र एमालेका सचिव एवं उपप्रधान तथा भौतिक मन्त्री रघुबीर महासेठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नु भएको छ ।
प्रतिक्रिया