अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थापनाको दुई वर्षमा नै रास्वपामा भाँडभैलो : महामन्त्री ढकाल निलम्बनमा

स्थापनाको दुई वर्षमा नै रास्वपामा भाँडभैलो : महामन्त्री ढकाल निलम्बनमा


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी भित्र झाँगिएको विवाद र गुटवन्दी पटाक्षेप हुन थालेको छ । नेतृत्वको कार्यशैली विरुद्ध प्रश्न उठाँउदै आएका महामन्त्री मुकुल ढकाललाई गएराती केन्द्रीय कमिटी बैठकले निलम्बन गर्ने निर्णय गरेको छ।
पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको केन्द्रीय सदस्य सोविता गौतमले जानकारी दिनुभयो।
आजै अनुशासन आयोगको बैठकको सिफारिसका आधारमा ढकाललाई कारबाहीको गरिएको गौतमले बताउनुभयो ।

महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुग्नु भएको थियो। उहाँले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो।
बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको क्रियाकलापमाथि प्रश्न उठाएका थिए।

‘उहाँ नै अघि लागेर बनेको पार्टीलाई सक्ने गरी लाग्नुभयो,’ एक पदाधिकारीले भने, ‘खासमा आजै कारबाहीसम्मको प्रक्रियामा पुग्ने तयारी थिएन। तर बैठकपछि बाहिर आएर उहाँले जे बोल्नुभयो, त्यसपछि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको हो।’

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेले गृह मन्त्रालयमा हुँदा प्रहरी संगठनको सरुवा बढुवादेखि अन्य काम पारदर्शी ढंगबाट नगरेको आरोप लगाउनुभएको छ ।

विशेष गरी महामन्त्री ढकालले एक महिने देश दौडाहापछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो।