अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक नेतृत्वको जसपाका मन्त्रीहरूले आजै राजीनामा दिने 

अशोक नेतृत्वको जसपाका मन्त्रीहरूले आजै राजीनामा दिने 


काठमाडौं-अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन्।

जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेका हुन्। पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले  आफ्नो पार्टीले नयाँ बनेको एमाले-कांग्रेसको गठबन्धनलाई आफ्नो पार्टीको साथ रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमालेको निर्णय पर्खिएका थियौं उहाँले राजीनामा दिनुभयो हाम्रो पनि पार्टीले आज बैठक बसेर निर्णय गरेर बेलुकासम्म मन्त्रीले राजीनामा दिनुहुन्छ। हाम्रो साथ नयाँ गठबन्धनलाई रहन्छ।’

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ। प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि अशोक नेतृत्वको जसपाका मन्त्रीहरूले पनि सरकार छाड्न लागेका हुन् ।

जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन्।