अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न अध्यक्ष ओली बुटवलमा

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न अध्यक्ष ओली बुटवलमा


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुटवल पुग्नुभएको छ।

अनेरास्ववियु रुपन्देहीद्वारा बुटवलमा आज आयोजित ‘विद्यार्थीसँग केपी शर्मा ओली’ कार्यक्रममा सहभागीका अध्यक्ष ओली बुटवल पुग्नुभएको हो।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३.६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकैठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताउनुभयो।

कार्यक्रममा अध्यक्ष ओलीसहित पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताहरु सहभागी हुने पाण्डेले बताउनुभयो। ओलीसहितका नेताहरुको बिहान साढे १० को यति एयरबाट आउन लागेको एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले बताउनु भयो।