अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ-नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।

असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमतिमाथि छलफल गर्नका निम्ति प्रमुख सचेतक लेखकले बताउनुभयो। असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो। दलको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने लेखकले बताउनुभयो।