अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निरन्तरको प्रयास र इमानदारिता सफलताको पुँजी: अध्यक्ष ओली

निरन्तरको प्रयास र इमानदारिता सफलताको पुँजी: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सफलता प्राप्तिका लागि इमान्दार प्रयास गर्नुपर्ने बताउनुभएको छ।बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बिना प्रयास र इमानदारिता बिना कुनै पनि कुरामा सफलता प्राप्त नहुने बताउनुभयो। ‘इमानदारिता सफलताको पुँजी हो, इमानदारिताले सफलतालाई चुम्छ’, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले सबैभन्दा पहिले आफूले आफूलाई चिन्नु पर्ने बताउनुभयो। ज्ञानको सुरुवात नेपालबाटै भएको भन्ने कुरा शास्त्र र प्रमाणले पुष्टि गरेका ओलीले स्पष्ट पार्नुभयो। ‘हामी त्यस्ता पुर्खाका सन्तान हौँ, जुन पुर्खाले ज्ञान भन्ने कुराको आविष्कार गरेका थिए, शिक्षा भन्ने कुराको आविष्कार गरेका थिए, यस धर्तीमै सबैभन्दा पहिला ज्ञान भन्ने कुरा र त्यस ज्ञानलाई सम्प्रेषण गर्ने कुरा धर्तीको यस भागबाटै भएको थियो’, उहाँले भन्नुभयो।

लय, धुन, छन्द, सङ्गीत वाद्यवादन, सर्जरी, आयुर्वेद, खगोल शास्त्र सबैको सुरुवात नेपालबाटै भएको ओलीले दाबी गर्नुभयो। ज्ञानका हरेक पाटा नेपालमा ऋषि मुनिहरूले सुरु गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो। नेपालको गौरवपूर्ण इतिहासलाई बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो।

नेपाल कसैको उपनिवेशमा नगएको सधैँ स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको उहाँले स्पष्ट पार्नुभयो।

नेपालीको मानव मष्तिष्क विद्वान पुर्खाहरूको निरन्तरता भएकोले निक्कै विलक्षणको भएको ओलीले दाबी गर्नुभयो। हाम्रा पुर्खाहरू रचनात्मक र सृजनात्मक अनुसन्धानकर्ता भएको उहाँले स्मरण गराउनुभयो। ‘मौका पायो कि नेपालीले गर्छ’, उहाँले भन्नुभयो।

नेपाली जीवनमय ठाउँका नागरिक भएका उहाँले सुनाउनुभयो। नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि मधेसको फाँटसम्म रहेको उहाँले स्मरण गराउनुभयो। नेपाल सानो भए पनि यसको महत्त्व मुटुको जस्तै ठुलो भएको उहाँले स्पष्ट पार्नुभयो। ‘यो यस्तो ठाउँ हो, जीवनमय छ, प्रकृतिमय छ’, ओलीले भन्नुभयो।

नेपाली जीवनमय ठाउँका नागरिक भएका उहाँले सुनाउनुभयो। नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि मधेसको फाँटसम्म रहेको उहाँले स्मरण गराउनुभयो । नेपाल सानो भए पनि यसको महत्त्व मुटुको जस्तै ठुलो भएको उहाँले स्पष्ट पार्नुभयो। ‘यो यस्तो ठाउँ हो, जीवनमय छ, प्रकृतिमय छ’, ओलीले भन्नुभयो।

‘उहाँहरूलाई उत्तीर्ण गराउनको लागि अङ्ग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइन मार्फत सबै विद्यार्थीलाई उपलब्ध गराइने छ, निःशुल्क अनलाइन क्लास देश भरि नै, ता कि काठमाडौंबाट गुणस्तरीय शिक्षकहरूले अनलाइन मार्फत उहाँहरूलाई शिक्षा दिनुहुने छ, त्यसका लागि केपी ओली फेसबुक पेजमा कन्ट्याक गर्नुहोला, सबैले अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नु हुने छ’, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले धेरै ज्ञान र क्षमता भएको शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले फेबुक पेजमा कुनै कन्फ्युजन भयो भने ९८४१८९७६१३ नं को मोबाइल नम्बरमा सम्पर्क गर्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो । त्यो नम्बरले विद्यार्थीलाई समस्या परे मद्दत गर्ने उहाँले स्पष्ट पार्नुभयो । बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन् र उनीहरूको भविष्य उज्ज्वल होस् भनेर आफूले यो काम गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँले शिक्षकहरूलाई समय अनुसारको सिप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरमा कमी भएको यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो । शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको ओलीको भनाई छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उहाँले बताउनुभयो।

असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने ओलीले बताउनुभयो। विश्वमा यस्ता धेरै उदाहरण रहेको उहाँले प्रष्ट पार्नुभयो। आफूमा आत्मविश्वास जगाएर काम गर्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो । घमण्ड मस्तिष्कमा पसेपछि दिमागमा ज्ञान पस्न नसक्ने बताउँदै उहाँले परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई दिमागको कुनै पनि कुनामा घमण्ड नराख्न आग्रह गर्नुभयो। निरन्तर ज्ञान प्राप्त गर्ने कोसिसमा लाग्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो। नियमित अध्ययन नगर्ने हो भने कुनै पनि डिग्रीले काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो।