अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा

एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा


काठमाडौं-केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन्।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीसँग टेलिफोन संवाद भएको बताउनुभयो। उहाँले मुख्यमन्त्री नभएपछि उहाँसँग समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिनुभयो।’

मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँमा हुनुहु्न्छ। उहाँको अनुपस्थितिमा मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गराएको पूर्व मुख्यमन्त्री समेत रहेका नेता रावलले बताउनु भयो।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ। यसैबीच नेता रावलले मुख्यमन्त्री सोडारीले नैतिक रूपमा पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने बताउनुभयो।