अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीलाई अध्यक्ष ओलीको टिप्स: मौरीको सङ्गत गरे मह, झिँगाको सङ्गत गरे फोहर

विद्यार्थीलाई अध्यक्ष ओलीको टिप्स: मौरीको सङ्गत गरे मह, झिँगाको सङ्गत गरे फोहर


बुटवल-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहने बताउनु भएको छ।

बिहीबार अनेरास्ववियु रुपन्देहीले योजना गरेको  बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘विद्यार्थीसँग केपी ओली’ कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे।

अध्यक्ष ओलीले विद्यार्थीहरूलाई सङ्गतको महत्त्वसमेत प्रकाश पार्नुभयो। उहाँले माहुरीको  सङ्गत  गरे मह, झिँगाको  सङ्गत गरे फोहर हुने भन्दै राम्रो व्यक्तिको सङ्गतले राम्रै हुने बताउनुभयो।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले इमानदारितापूर्वक काम गरे जुनसुकै क्षेत्रमा पनि सफल भइने बताउनुभयो। जुन विषय अध्ययन गरे पनि राम्रोसँग बढ्न विद्यार्थीलाई उहाँले सुझाव समेत दिनुभयो।

अध्यक्ष ओलीले कुन विषय बढ्ने भन्नेबारे विद्यार्थीले आफ्नो क्षमता र रुचिका आधारमा निर्णय गर्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘नारायण गोपाललाई म्याराथन धावक र  वैकुण्ठ मानन्धरलाई गायक बनाएको कस्तो हुने थियो ? के त्यो सम्भव थियो ? थिएन, किनकि ती दुवैको आ–आफ्नै क्षमता थियो । त्यही क्षमताको आधारमा अगाडि बढ्ने हो।’

अध्यक्ष ओलीले पुर्खाहरूको गौरव  वर्णन गर्नुका साथै विद्यार्थीहरुसँग तस्बिर पनि खिचाउनु भयो। उहाँले नैतिक शिक्षा, जीवन दर्शन, विद्यार्थीहरूको भविष्यका बारेमा आफ्ना धारणा राख्नुभयाे।

अध्यक्ष ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ।

एसईई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने अध्यक्ष ओलीले बताउनुभयो। उहाँले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताउनुभयो।

कार्यक्रममा अनेरास्ववियुले एसईई परीक्षामा जीपीए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित रामपुर माध्यमिक विद्यालयका विद्यार्थी कृत्रिम भट्टराई र बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २२८ जना विद्यार्थीलाई सम्मान गरेको थियो।