अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लायन्स क्लव अफ झापाको अध्यक्षमा बिष्णु पोखरेल

लायन्स क्लव अफ झापाको अध्यक्षमा बिष्णु पोखरेल


दमक- लायन्स क्लव अफ इन्टरनेशल ३२५ सि अन्तरगतको लायन्स क्लव अफ झापा, दमकको अध्यक्षमा पत्रकार बिष्णुप्रसाद पोखरेल सर्वसम्मत चयन हुनु भएको छ । जुलाइ १ देखि एक बर्षका लागि पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । लायन्स क्लवले सेवाको क्षेत्रमा काम गर्ने गरेको छ ।

यसभन्दा अघि प्रथम उपाध्यक्ष रहेका पोखरेल सर्वसम्मत अध्यक्ष चयन भएर कार्यभार सम्हाल्न शुरु गरेको क्लवका संस्थापक अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो । समितीको प्रथम उपाध्यक्षमा सन्दिप साहेवाला, दितिय उपाध्यक्षमा शम्भु चौधरी, तृतिय उपाध्यक्षमा बिष्णु शाह, सचिवमा लक्ष्मण ढकाल, सह सचिवमा बालकृष्ण कोइराला र कोशाध्यक्षमा राजकुमार खड्का चयन भएकाछन् ।

निवर्तमान अध्यक्ष लोकेश सापकोटाका अनुसार क्लवको डाइरेक्टरमा अजयकुमार अग्रवाल र क्लव कोअर्डिनेटरमा क्लवको संस्थापक अध्यक्ष अशोक चौधरीलाई चयन गरिएको छ । क्लवले दमक सहित झापाभर बिभिन्न सेवामूलक कार्यहरु गर्दै आएको छ ।