अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई नेतृत्वको जसपाले सरकारमा रहने-नरहने आज निर्णय गर्ने

अशोक राई नेतृत्वको जसपाले सरकारमा रहने-नरहने आज निर्णय गर्ने


काठमाडौँ-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रहने–नरहने विषयमा आज निर्णय गर्ने भएको छ।

आज दिउँसो बस्ने पदाधिकारीको बैठकले सरकारबारे निर्णय गर्ने जसपाका महासचिव इस्तियाक राईले बताउनु भयो। उहाँले भन्नुभयो, ‘वर्तमान नयाँ गठबन्धनप्रति जसपा सकारात्मक छ तर त्यसको आधिकारिक निर्णय नभएसम्म केही भन्न सकिँदैन।’

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा जसपा गठन गरिएको थियो। जसपा गठन गरेपछि माओवादी–एमाले गठबन्धन नेतृत्वको सरकारमा दुई जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी भएका थिए ।