अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती सरकारबाट एमाले बाहिरिंदै

बागमती सरकारबाट एमाले बाहिरिंदै


काठमाडौं-केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा (एमाले) बागमती सरकारबाट बाहिरिने भएको छ। एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हाे।

बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरुले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्। यसअघि सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट बाहिरीसकेकाे छ। बाहिरीसँगै प्रदेश सरकार अल्पमतमा परिसकेकाे छ।

एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरु छन्। एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले बागमती प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ।