अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले कोशी प्रदेश सम्पर्क कमिटीद्वारा नेता-कार्यकर्तालाई प्रशिक्षण दिँदै

एमाले कोशी प्रदेश सम्पर्क कमिटीद्वारा नेता-कार्यकर्तालाई प्रशिक्षण दिँदै


काठमाडौं-नेकपा एमालेको केन्द्रीय स्कूल विभाग र कोशी प्रदेश सम्पर्क कमिटिले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको सभाहलमा २०८१ असार २२ गते शनिवार बिहान ८ बजेदिखि हुने कोशी प्रदेश सम्पर्क कमिटिको उपसचिव एवं प्रचा-प्रसार तथा प्रकाशन विभागका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो।

एमाले उपमहासचिव एवं स्कूल विभागको प्रमुख प्रदिप ज्ञवालीले प्रशिक्षण दिनुहुने गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘२०८१ असार २२ गते शनिवार बिहान ८ बजेदेखि एमाले कोशी प्रदेश सम्पर्क कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरुलाई पार्टीका उपमहासचिव एवं स्कूल विभागको प्रमुख प्रदिप ज्ञवालीले प्रशिक्षण दिनुहुनेछ। सो प्रशिक्षण लिनका निम्ति उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु !’

प्रशिक्षण १८ वटा शीर्षक दिइने उपसचिव गुरुङले बताउनुभयो। उहाँले पछिल्लो राजनीतिक परिवेश, आगामी जनवर्गीय संगठन, पार्टीबीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको बहुदलीय जनवाद लगायतका विषयमा प्रशिक्षित गराउन निम्ति प्रशिक्षणा दिन लागेको बताउनुभयो ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्ष नवराज घिमिरे हुनुहुन्छ। यस्तै कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उपसचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने हुनुहुन्छ। कोशी प्रदेश सम्पर्क कमिटि अन्र्तगत १४ वटा जिल्ला सम्पर्क मञ्च रहेको छ।