ललितपुर प्रहरीले ललितपुर महानगरपालिका-१४ मा एक घरबाट रु.५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी गरी तीनजना भारतीय र दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत देशको महाराष्ट्र प्रदेस, साङ्ले जिल्ला, आडवारी थाना घर भइ ललितपुर महानगरपालिका वडा-१४ ताल्छिखेल बस्ने वर्ष २८ को युवराज विभुते, वर्ष २० को विक्रम यलवर, वर्ष १८ को अभिषेख विभुते रहेका छन्। यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ विरुवा बस्ने वर्ष २० को सिध्दान्त चौलागाँई र महालक्ष्मी नगरपालिका–८ बस्ने वर्ष २० को यसवन्त सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातु १६९.९७० ग्राम, चाँदी जस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु थान १, विभिन्न कम्पनीका मोबाइल थान ७, हार्ड डिस्क थान १, सिमकार्ड, चेकबुक, तथा बैंकमा नगद जम्मा गरेको भौचर, नेपाली रुपैयाँ ५० लाख ४ हजार ७३० रुपैयाँ र सुन पगाल्ने मेसिन थान–१ बरामद भएको छ।
प्रतिक्रिया