अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा जनमतलाई एमालेले विश्वासको मत दिने

मधेश प्रदेशमा जनमतलाई एमालेले विश्वासको मत दिने


जनकपुरधाम-मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ।

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिवार विश्वासको मत लिँदै हुनुहुन्छ। मधेश प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको शनिवारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ।

नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘संघीय निर्देशन पनि त्यस्तै आएको छ। संघीय गठबन्धनको निर्देशन प्राप्त नभएसम्म यसै सरकारलाई समर्थन रहनेछ।’

मधेशमा जनमत नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छ।