अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुकुम्वासी बस्ती डुबानमा

सुकुम्वासी बस्ती डुबानमा


काठमाडौँ-काठमाडौँ उपत्यकामा शुक्रबारदेखि सुरु भएको वर्षा शनिबारसम्म निरन्तर जारी छ। वर्षाका कारण काठमाडौँका उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ।

बाढीसँगै सहरी क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ। यसै क्रममा तिनकुने सिनामङ्गल क्षेस्थित सुकुम्वासी बस्ती डुबानमा परेको छ।

यसैगरी, उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

यता जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।