अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजिनामा गर्नुपर्दछ : एमाले संसदीय दल

अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजिनामा गर्नुपर्दछ : एमाले संसदीय दल


काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताउनुभयो । ‘संसदीय दलले नयाँ सरकारका लागि कांग्रेसको पहलको स्वागत गरेको छ । कांग्रेसले स्थिर सरकार बनाउन खेलेको भूमिकामा लागि धन्यवाद दिएको छ’, उनले भने, ‘प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परेको छ। यो सरकारले अझै पनि राजीनामा दिएको छैन । यो सरकारले राजीनामा नदिनु गलत हो ।’
उहाँले प्रधानमन्त्री प्रचण्ड कामचलाउमा परिणत भइसकेको बताउनुभयो । ‘कामचलाउ बनिसकेका प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आवश्यक छ’, बर्तौलाले भन्नुभयो, ‘अल्पमतमा परेको सरकारले विभिन्न प्रकारका निर्णय गरिरहेको छ । यो सरकारले कुनै पनि निर्णय गर्न पाउँदैन। राष्ट्रहित र संविधान हितविपरीतका निर्णय नगर्न हामी आग्रह गर्छौँ ।’