अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नैतिकताको आधारमा प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहन मिल्दैन: महेश बर्तौला

नैतिकताको आधारमा प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहन मिल्दैन: महेश बर्तौला


काठमाडौं-प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार अल्पमतमा परिसकेकोले प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ। 

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बर्तौलाले वर्तमान सरकारले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहने नैतिकता गुमाएको बताउनुभयो।

‘वर्तमान सरकारले सामान्य मत मात्र होइन बहुमत गुमाएको छ, बहुमत गुमाएको सरकार पदमा रहिरहनु शाेभनीय हुँदैन’, उहाँले भन्नुभयो।

नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा नयाँ राष्ट्रिय निर्माणको सहमति भएकोले त्यसमा सघाउन उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। उहाँले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउने काममा मार्ग प्रशस्त गर्न पनि आग्रह गर्नुभयो ।