अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौँ-प्रतिनिधि सभाको बैठक (भोलि) सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी गराउनुभयो।

आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । 

आइतबार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस गरेका थिए ।