अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र कांग्रेसले माग्यो सुदूरपश्चिममा मुख्यमन्त्रीको राजीनामा

एमाले र कांग्रेसले माग्यो सुदूरपश्चिममा मुख्यमन्त्रीको राजीनामा


काठमाडौं-केन्द्रमा सत्ता समिकरण भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन्।

आइतबार दुवै पार्टीलको संसदीय दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन्।

एमालेले २० असारमा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सामेल तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो। त्यसपछि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा छ।  

एमालेले  समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्व सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न विज्ञप्तीमार्फत सुझाव दिइएको छ। यस्तै बहुमत गुमाइसकेका अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न नगराउन समेत आग्रह गरिएको छ।

एमलेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत  लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ।अहिलेको अवस्थामा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षय २ र स्वतन्त्र सासंद डा. ताराप्रसाद जोशीको समर्थन रहेको देखिन्छ।

कांग्रेसका १८ र एमालेका ११ जना सासंद रहेका छन्। नागरिक उन्मुक्तिका ७ मध्ये २ जना अल्पमतको सरकारमा छन्। रेशम पक्षीय ५ सांसद प्रतिपक्षमा छन्।