अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक भोली,नयाँ सत्ता समिरकण देखि नेताहरुको कार्यविभाजनसम्मका विषयमा छलफल हुने

एमालेको सचिवालय बैठक भोली,नयाँ सत्ता समिरकण देखि नेताहरुको कार्यविभाजनसम्मका विषयमा छलफल हुने


काठमाडौ-सत्ताको नयाँ समिकरणका बारेमा छलफल गर्न नेकपा एमालेले सचिवालयलको बैठक बोलाएको छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार बैठक भोली २५ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,संसद र सरकारमा एमालेको भूमिका आदिका बारेमा छलफल हुनेछ । यसैगरी एक वर्ष देखि केन्द्रीय कमिटीका नेताहरुलाई नयाँ भूगोल र विभागमा दिइएको जिम्मेवारीका बारेमा पनि बैठकमा छलफल हुने एक नेताले बताए । उनका अनुसार पार्टीले ब्यापक रुपमा नेताहरुको जिम्मेवारी हेरफेरको तयारी गरेको छ ।