अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रास्वपाका मन्त्रीलाई महेश बर्तौलाको प्रश्न: गोजीमा बोकेको राजीनामा कहाँ पुग्यो ?

रास्वपाका मन्त्रीलाई महेश बर्तौलाको प्रश्न: गोजीमा बोकेको राजीनामा कहाँ पुग्यो ?


काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गर्नुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताउनु भयो। 

गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गर्दै उहाँले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गर्नुभयो।

बर्तौलाले प्रश्न गर्नुभयो ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सिमा आसिन हुनुहुन्छ। केही मन्त्रीज्युहरू हुनुहुन्छ। हिजो सरकार बहुमतमा थियो। सरकार चलिरहेको थियो। केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो। तर सरकार स्पष्ट अल्पमतमा परेको छ, उहाँहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो?’

उहाँले गृहमन्त्री रवि लामिछानेलाई दमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिनुभयो। उहाँले भन्नुभयो, ‘खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना दिनुपर्छ।’