अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउँछौं: योगेश भट्टराई

अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउँछौं: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताउनु भएको छ।

आज संसद भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराईले कांग्रेस-एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाई साथमा लिएर अघि बढ्ने बताउनु भएको हो। उहाँले आफूलाई संविधान संशोधन दुई तिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गर्नुभयो।

सचिव भट्टराई संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा उभिएको बताउनु भयो। उहाँले अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गर्नुभयो।

कांग्रेस-एमालेको बाटोमा सबै दलहरु हिँड्न सके शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधानलाई गतिशिल बनाउने र मुलुकलाई उही दिशा दिने उहाँको भनाइ छ।