अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डको काँधमा थप दुई मन्त्रालय

प्रधानमन्त्री प्रचण्डको काँधमा थप दुई मन्त्रालय


जसपाका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा थप दुई मन्त्रालयको जिम्मेवारी थपिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोक्नुभएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवाले जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने छ।’

गत शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनु भएको थियो ।

एमालेले सरकारको साथ छाडेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ। एमालेपछि जसपाले पनि सरकार छाडेर समर्थन फिर्ता लिइसकेको छ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदमा  विश्वासको मत लिन संसद सचिवालयमा पत्र पठाउनु भएको छ।