अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘रवि लामिछाने क्लब’बाट निष्कासन भएको हुँ: महामन्त्री ढकाल

‘रवि लामिछाने क्लब’बाट निष्कासन भएको हुँ: महामन्त्री ढकाल


काठमाडौं-रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।

मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। 

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो।

रास्वपाका महामन्त्री, प्रवक्ता लगायतको जिम्मेवारीबाट हटाउने निर्णयलाई डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लबको कारबाही’ भनी टिप्पणी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत रास्वपाबाट निकालिएको नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको बताउनु भएको छ।

उहाँले पार्टीभित्र ‘घण्टी बज्न नरोकिने’ र राष्ट्रय स्वतन्त्र पार्टी बनाउने संकल्प जारी रहने जिकिर पनि गर्नुभयो। महामन्त्री ढकालले फेसबुकमा लेख्नहुन्छ, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि…।’