अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

म्याद नाघेको कर्जा असारभित्रै भुक्तानी गरे एनआईसी एसियाले ऋणीलाई यस्ता छुट दिने

म्याद नाघेको कर्जा असारभित्रै भुक्तानी गरे एनआईसी एसियाले ऋणीलाई यस्ता छुट दिने


काठमाडौं-एनआईसी एसिया बैंकले २०८० चैत मसान्तसम्मको म्याद गुज्रेका कर्जाको भुक्तानीमा छुट दिने समय केही दिन मात्र बाँकी रहेको जनाएको छ।

उक्त समयसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही असार महीनाभित्र चुक्ता भुक्तान गरे जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत म्याद नाघेको अवधिअनुसार छुट दिने भएको हो। 

९१ दिनदेखि १८० दिनको म्याद नाघेको कर्जाको साधारण ब्याजमा १५ प्रतिशत, १८१ देखि ३६५ दिन म्याद नाघेकामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी म्याद नाघेको कर्जामा ३५ प्रतिशत छुट पाइने बैंकले जनाएको छ।  

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यो योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ।