अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालयको आजको बस्ने भनिएको बैठक स्थगित, भोली बिहान ११ बजे बस्ने

एमाले सचिवालयको आजको बस्ने भनिएको बैठक स्थगित, भोली बिहान ११ बजे बस्ने


काठमाडौं-नेकपा एमालेको आज दिउँसो ३ बजेलाई सारिएको बैठक भोली बिहान ११ लाई बस्ने गरी स्थगित भएको छ।
बैठकको तयारी नपुगेकोले भोलीलाई बैठक सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘आजका लागि बोलाएको बैठक २०८१ असार २६ गते बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको छ।’

पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठकमा तीनवटा एजेण्डामा छलफल हुने तयारी गरेको थियो। सचिवालयका एक सदस्यका अनुसार नेपाली काँग्रेससँगको सत्ता सहकार्यको आवश्यकता र औचित्यका बारेमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई औपचारिक रुपमा जानकारी गराउनु हुने तय गरिएको थियो । यसैगरी भावी सरकारमा पठाउने मन्त्री छनौटको आधारका बारेमा समेत सचिवालयमा छलफल हुने जनाएको थियो।

आजको बैठकले नेताहरुको जिम्मेवारी व्यापक रुपमा फेरबदल गर्ने तयारी गरे पनि सरकारमा मन्त्री पठाएपछि मात्र त्यसलाई अघि बढाउने समेत तयारी गरेको थियो ।

नेताहरुलाई जिम्मेवारी दिने क्रममा भूगोललाई प्राथमिकता दिइएको छ। निर्वाचन लड्न इच्छुक र सभवना भएका नेतालाई निर्वाचन क्षेत्र,जिल्ला तथा प्रदेशको जिम्मेवारीमा पठाइन लागेको छ।