अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधमानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ।

दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकाल्नु भएको थियो। सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। 

‘अध्यक्षज्यूलाई दाँतले दु:ख दिएको थियो। त्यो दाँत सोमबार निकालिएको छ’, अध्यक्ष ओलीको सचिवालयले भन्यो, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो।’

अध्यक्ष ओलीले अहिले बालकोट निवासमै आराम गरिरहनु भएको सचिवालयले जनाएको छ ।