अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो:  ईश्वरबहादुर रिजाल

अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो:  ईश्वरबहादुर रिजाल


काठमाडौं-नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार संविधानको धारा अनुसार बन्ने बताउनु भएकाे छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले सो कुरा बताउनु भएको हो । उहाँले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको बताउनु भयो।

नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा सांसद रिजालले भने त्यो माओवादीको विषय नभएको बताउनु भयो।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उहाँले भन्नुभयो, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो। बालाजुको बाइसे धाराबाट बन्दैन। त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन।’

सांसद रिजालले सरकार संविधानकै धारा अन्तर्गत बन्ने भन्दै बालाजुको बाईसे धाराबाट सरकार नबन्ने प्रष्ट पार्नुभयो।

१७ असार २०८१ मा मध्यरातमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका थिए।