अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको रौतामाई-६ मा कृषि बजार सञ्चालन

उदयपुरको रौतामाई-६ मा कृषि बजार सञ्चालन


उदयपुर-उदयपुरको रौतामाई गाउँपालिका वडा-६, चिसापानी, आहालस्थित आजदेखि कृषि उपज  बजार सञ्चालनमा ल्याएको छ। वडाले गतवर्षदेखि शुरु गरिएको साप्ताहिक (हटिया) बजारमा उत्पादित कृषि उपजको व्यवस्थित बिक्री-वितरण गर्न कृषि बजार सञ्चालन ल्याएको हो।

वडा-६ चिसापानी, आहालमा हरेक मंगलबार कृषि उपजका थोक तथा खुद्रा बिक्री स्टल राखेर बजार सञ्चालन ल्याएको वडा-६ का वडाध्यक्ष पृथिवी राईले बताउनुभयो। कृषि  बजार सञ्चालनमा आएपछि वडाबासी किसानले उत्पादन गरेका हरिया तरकारी, सागसब्जी, टमाटर, खुर्सानी, स्कुस, कागती, फलफूल लगायत कृषि उपज किनबेच गर्न सहज भएको अध्यक्ष राईले बताउनुभयो।

वडाबासी किसानले कृषि व्यवसायबाट उत्पादित उपजलाई व्यवस्थित बिक्री-वितरण गर्न साप्ताहिक बजार लगाउनु परेको अध्यक्ष राईले बताउनु भयो। बजारलाई थप व्यवस्थित गर्न कार्यविधि निर्माण भइरहेको पनि अध्यक्ष राईले बताउनुभयो।