अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ


काठमाडौँ-नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका-१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका-१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो।

 सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ।