अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते


काठमाडौ-सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको हाइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो। 

हाइस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

घाइतेलाई उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट लगिएको छ।