अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिनँ: रमेश लेखक

प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिनँ: रमेश लेखक


काठमाडौं-नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा नदिने बताउनु भएको छ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद समेत रहेका लेखकले यस्तो बताउनु भएको हो। उहाँले पीडामा भएको मान्छेमाथि टिप्पणी गर्दा ज्यादा पीडित हुने भन्दै त्यतातिर नलाग्ने बताउनु भयो।

‘उहाँका अधिकांश कुरामा हाम्रो विमति छ। अधिकांश कुरामा आफ्ना विचार छन्,’ लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन। किनभने यसले थप कटुता मात्रै पैदा गर्छ।’

साथै, उहाँले दुई ठूला दल मिल्दा प्रतिपक्षी कमजोर नहुने बताउनुभयो।

‘प्रधानमन्त्रीजीले प्रारम्भमै दुईवटा ठूला दलहरू मिल्दा प्रतिपक्षी कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो। प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठिक नेताको रुपमा देखेको हुँदा अब सदनमा कमजोर हुँदैन भन्ने लाग्छ,’ उनले भने।