अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न: तपाईंका लागि हतियार बोक्ने युवा कहाँ छन् ?

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न: तपाईंका लागि हतियार बोक्ने युवा कहाँ छन् ?


काठमाडौं-नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा झुटो बोलेको आराेप लगाउन भएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको छलफलमा बोल्दै सचिव भट्टराईले प्रचण्डले आवेग र सत्ताबाट बाहिरिनु परेको पीडा पोखेको बताउतु भयो। ‘प्रधानमन्त्रीले आफू अन्तिम प्रधानमन्त्री जसरी बोल्नु भयो’, ‘भट्टराईले भन्नुभयो, ‘उहाँले संसदमा झुटो बोल्नु भयो ।’

सांसद भट्टराईले आगामी दिनमा दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताउनु भयो। उहाँले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताउनु भयो। सचिव भट्टराईले संविधान संशोधन सबैको सहभागितामा अग्रगमनका लागि गरिने धारणा राख्नुभयो।

उहाँले संविधानमाथि हमला भएको बताउँदै संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको अग्रगमनको लागि भएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘जाति, भाषा, धर्म, मधेश, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो। तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु, यो संसद्‌मा सङ्ख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ।’ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोगमै संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेस मिलेको सचिव भट्टराईको भनाइ थियो। ’प्रचण्डको सहयोग र सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं। तपाईंलाई पनि अब जाने ठाउँ छैन। कहाँ जानुहुन्छ ? प्रतिरोध गर्नुहुन्छ ? विद्रोह हुन्छ ? अब सम्भव छैन त्यो बाटो छैन, तपाईं पनि यै हलभित्रै हो।’