अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रचण्डलाई सांसद भट्टराईको जवाफ: ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं

प्रचण्डलाई सांसद भट्टराईको जवाफ: ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं


काठमाडौं-नेकपा एमालेका सचिव एवं सांसद योगेश कुमार भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग जाँदा सँगै जाने भन्दै ढुक्क भएर बस्न आग्रह गर्नुभएको छ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताउनु भयो।

उहाँले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ‘स्वर्ग गएपनि नर्क गएपनि संँगै जाने’ भनेको कुरालाई प्रचण्डले बुझ्न नसकेको जिकिर गर्नुभयो।

‘तपाईं पनि यही हलभित्रै हो। हामी सबै हो। हाम्रो अध्यक्षले स्वर्ग गएपनि सँगै, नर्क गए पनि सँगै भनेको त्यो हो। तपाईंको पदका लागि भनेको होइन। सँगै जाऔँला नि भनेका हौँ। नर्क जाँदै जाँदैनौँ,’ योगेशले भन्नुभयो, ‘स्वर्ग जाँदा पनि सँगै लान्छौँ। यति कुरा ढुक्क हुनुहोला। तपाईंलाई छुट्न दिँदैनौँ। तपाईंलाई छुटेर पनि अन्त जाने ठाउँ छैन। त्यो पनि ख्याल गर्नुहोला।’