अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नापी कार्यालय लगनखेलका सर्भेक्षक संजिव यादव ४ लाख रुपैयाँ घुससहित पक्राउ

नापी कार्यालय लगनखेलका सर्भेक्षक संजिव यादव ४ लाख रुपैयाँ घुससहित पक्राउ


काठमाडौं-नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव घुससहित पक्राउ परको छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट गएको टोलीले नापी सर्भेक्षक यादव र आर.बी. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप लागएको छ।

उनीहरूलाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका–१२ हनुमानस्थान, लगनखेलमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिएको हो।