अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जातजातिकाे नाममा द्वन्द्व नभड्काउन प्रधानमन्त्री प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी

जातजातिकाे नाममा द्वन्द्व नभड्काउन प्रधानमन्त्री प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्नुभयो। उहाँले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको पनि बताउनु भयो।

जातीय छुवाछुतविरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्दै उहाँले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गर्नुभयो।

उहाँले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पार्नुभयो। उहाँले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन्? भनि प्रश्न गर्नुभयो।