अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकलाई निकास दिन कांग्रेस-एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ: अब्दुल खान

मुलुकलाई निकास दिन कांग्रेस-एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ: अब्दुल खान


काठमाडौं-जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनु भएको छ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न  नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पार्नुभयो।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्दै उनले दुई ठूला दल काँग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गर्नुभएको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताउनु भयो।