अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार गठनबारे सहमति पत्रमा अध्यक्ष ओली र सभापति देउवाले गर्नुभयो हस्ताक्षर

नयाँ सरकार गठनबारे सहमति पत्रमा अध्यक्ष ओली र सभापति देउवाले गर्नुभयो हस्ताक्षर


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गर्नुभएको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको हो।

कांग्रेसका सभापति देउवाले एमाले अध्यक्ष लीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाउनु भएको छ। शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्छ। दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी पेस गर्नुहुन्छ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपालगायत दलले मत जाहेर गरेका थिए । तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहने छ । जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस-एमाले सकारात्मक छन् । उहाँहरुले ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा पक्षमा मतदान गर्ने छन् । 

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबिच सहमति भएको थियो ।