अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार गठनका लागि आजै आह्वान गर्ने शीतल निवासकाे तयारी

नयाँ सरकार गठनका लागि आजै आह्वान गर्ने शीतल निवासकाे तयारी


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आजै आह्वान गर्ने तयारी भइरहेको शीतल निवासले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपापछि पदमुक्त भएको जानकारी संसद सचिवालयबाट आइसकेको र सरकार काम चलाउ भएको राष्ट्रपति कार्यालयकै विज्ञप्ति समेत जारी गरिसकेकाे छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाइसक्नुभएको छ। शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो।

शीतल निवास स्रोतका अनुसार आजै राति ९ बजेभित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुलाई बोलाएर सरकार गठनको संवैधानिक प्रक्रियाका बारेमा परामर्श समेत लिनुभएको थियो । छलफलमा सहभागीमध्ये दुईजना बाहेक सबैले धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गर्न सुझाव दिएको दिइएको जनाएको छ ।