अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा आजै प्रधानमन्त्रीमा दाबी पेस गर्दै

एमाले अध्यक्ष ओलीद्वारा आजै प्रधानमन्त्रीमा दाबी पेस गर्दै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्दै हुनुहुन्छ। आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

शीतलनिवासमा दाबी पेस गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहित केही अन्य सांसद जाने तयारी रहेको छ। 

शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसक्नु भएको छ। उहाँले २०८१ आइतबार ३० गते साँझ ५ बजेसम्मको समय तोक्नु भएको छ।

दाबी पेसका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत लगायतका सांसदहरूले हस्ताक्षर गरिसकेका छन्।